नाडा अटो शोमा एमटी- १५ भी टु र एफजेड-एस भी थ्री डीएलएक्सका नयाँ भेरियन्ट सार्वजनिक

काठमाडौं । यामाहा नेपालले नाडा अटो शो २०२५ मा दुई नयाँ भेरियन्टहरू सार्वजनिक गरेको छ ।

एमटी- १५ भी टु अब आईस स्ट्रोम र भिभिड भाओलेट मेटालिक भेरियन्ट र एफजेड-एस भी थ्री डीएलएक्स आईस फ्लुओ भर्मिलियनमा सार्वजनिक भएको हो ।

दुवै बाइक भृकुटीमण्डप प्रदर्शनी हलको यामाहा ब्लु च्याम्बर (स्टल नम्बर टी डब्ल्यू वान) मा राखिएको छ ।

उद्घाटन कार्यक्रममा एमएडब्लु राइड्सका अध्यक्ष विष्णुकुमार अग्रवाल र नाडाका अध्यक्ष करण चौधरीको उपस्थिति रहेको थियो । 

सार्वजनिक भएका भेरियन्ट जुनसुकैमा पनि ७ हजार रुपैयाँसम्म छुट पाइने कम्पनीले जनाएको छ । साथै मोटोजीपी रेस गर्न पनि पाइने जनाइएको छ । एमटी सिरिज मोटरसाइकल बुकिङ गर्दा प्रिमियम एमटी राइडिङ ज्याकेट पाइने नि:शुल्क पाइनेछ।

नाडा अटो शो भदौ ८ भदौसम्म सञ्चालन हुनेछ ।

एमएडब्लु राइड्स अन्तर्गतको यामाहा नेपाल अत्याधुनिक प्रविधि, बलियो आफ्टर सेल्स सर्भिस र देशव्यापी नेटवर्कको साथ दुई(पाङ्ग्रे सवारीका क्षेत्रमा अग्रणी रहँदै आएको छ।

Share News