काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक वितरक तथा सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले निकै प्रतिक्षित इलेक्ट्रिक एसयूभी सुजुकी इ–भिटारालाई नाडा अटो शो २०८२ मा प्रदर्शनी गरेको छ ।
यससँगै कम्पनीले दशैं–तिहार लक्षित ‘सुजुकी पर्वोत्सव अफर २०८२’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्म नगद छुट, १ वर्षको सवारी बीमा, ६ वर्षसम्म निःशुल्क एःक् पार्ट्स, २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा विभिन्न एक्सेसरिज प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
अटो शो अवधिभर खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको छुट प्राप्त हुनेछ । साथै, १० भाग्यशाली ग्राहकले एक–एक तोला सुन जित्ने अवसर पनि पाउनेछन् ।
कम्पनीले अल्टो र सेलेरियो मोडलमा १ वर्षसम्म शून्य ब्याजदरमा खरिद गर्ने सुविधा समेत उपलब्ध गराएको छ । यद्यपि, यसमा केही सर्तहरू लागु हुने जनाइएको छ ।
सुजुकीले आफ्नो पहिलो मास–प्रोडक्सन इलेक्ट्रिक एसयूभी इ–भिटारा सार्वजनिक गर्दै नेपालको इलेक्ट्रिक मोबिलिटी यात्रामा नयाँ युगको सुरुवात भएको दाबी गरेको छ ।