तस्बिरमा हेर्नूहोस् नाडा अटो शोका झलकहरू

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा मंगलबारदेखि राजधानीमा नाडा अटो शो सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं संस्करणको नाडा अटो शोको उद्घाटन गरे ।

नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो केवल सवारीसाधनको प्रदर्शनी नभई समग्र अटोमोबाइल क्षेत्रको एक प्रमुख व्यावसायिक थलो भएको बताए । 

यो क्षेत्रले १० लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको र ३ हजारभन्दा बढी व्यवसायीलाई संगठित गरेको उनको दाबी छ ।

नेपालमै बनेका हेल्मेट, लुब्रिकेन्ट्स, ब्याट्री र तीन पाङ्ग्रे सवारी साधन पनि प्रदर्शनीमा राखिएका छन् ।

नाडा अटो शो भाद्र ८ गतेसम्म आयोजना हुनेछ । शोको सबैभन्दा ठूलो आकर्षण फ्लाइङ कार र ह्युमनोइड रोबोट रहेको छ ।

नाडा अटो शोमा १९ चारपाँग्रे, १३ लाइट कमर्शियल र ४ दुईपाङ्ग्रे सवारी ब्राण्डले सहभागिता जनाउने छन् । त्यस्तै, ३५ बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहेका छन् ।

नाडा अटो शो करिब डेढ दर्जन ९चारपाङ्ग्रेरदुईपाङ्ग्रे० नयाँ सवारी मोडल सार्वजनिक भएका छन् ।

यस्तै मिडिया, ट्राफिक सूचना डेस्कको पनि व्यवस्था गरिएको छ । अटो शोमा सवारी साधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रिया लगायत कार्यक्रम आयोजना गरिने नाडाको भनाइ छ ।

तस्बिरहरू :

null

nullnullnullnullnull
null

Share News