ललितपुरको सातदोबाटोमा एमजीको डिलरशिप सुरु

काठमाडौं । ललितपुरको सातदोबाटोमा एमजीले नयाँ अधिकृत डिलरशिप सुरु गरेको छ । विश्वव्यापी एमजी मापदण्डअनुसार तयार गरिएको उक्त सुविधा ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको बिक्री तथा सेवा अनुभव प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो ।

यस नयाँ डिलरशिप सञ्चालनको जिम्मा पीआर सप्लायर्सलाई दिइएको छ । प्यारामाउन्ट मोटर्सका निर्देशक निकुञ्ज अग्रवालको आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा एमजीको उपस्थिति ललितपुरमा औपचारिक रूपमा विस्तार भएको जनाइएको छ ।

भदौ २ गतेदेखि ग्राहकले सातदोबाटोस्थित नयाँ शोरुममा गएर एमजीका प्रिमियम गाडी अवलोकन गर्ने, विशेषज्ञसँग सल्लाह लिनेदेखि प्रत्यक्ष रूपमा बुकिङ वा खरिद गर्न सक्ने सुविधा पाउनेछन् । कम्पनीले ललितपुर र वरपरका ग्राहकलाई सहज, व्यक्तिगत र आधुनिक कार खरिद अनुभव दिलाउने लक्ष्य राखेको जनाएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै निर्देशक अग्रवालले नयाँ डिलरशिपलाई पूर्ण एमजी अनुभवको प्रवेशद्वारका रूपमा उल्लेख गरे । उनले भने, 'यो केवल शोरुम मात्र होइन, विश्वस्तरीय डिजाइन, तालिमप्राप्त कर्मचारी र विस्तृत उत्पादन सूचीसहितको अनुभव हो । हामी ललितपुरका ग्राहकलाई शैली, प्रदर्शन र नवीनताको अद्वितीय संयोजन अनुभव गर्न स्वागत गर्दछौं ।'

Share News