काठमाडौं । मंगलबारदेखि सुरु हुने ‘नाडा अटो शो २०२५’ मा स्काइवेलका गाडी बुकिङ गर्ने ग्राहकले सपरिवार युरोप भ्रमणको अवसर पाउने भएका छन् । स्काइवेलका लागि नेपालमा आधिकारिक वितरक जी मोटर्स प्रालिले ‘युरोप टुर फर फ्यामिली’ नामक अफर ल्याएको हो ।
कम्पनीका अनुसार अटो शो अवधिमा बुकिङ गर्ने ग्राहकले युरोप भ्रमणको पूर्ण प्याकेज प्राप्त गर्नुका साथै युरोपमै स्काइवेल गाडीको टेस्ट ड्राइभ गर्ने अवसर पनि पाउनेछन् । स्काइवेलको स्टल ‘एच १२’ मा गई गाडी बुकिङ गर्दा यो अफर उपलब्ध हुनेछ ।
यसबाहेक प्रत्येक गाडी बुकिङमा ग्राहकलाई आकर्षक ‘डायमण्ड नेकलेस’ उपहार दिइनेछ भने एकजना भाग्यशाली विजेताले रोलेक्स घडी जित्ने अवसर पनि पाउनेछन् । कम्पनीले अन्य विभिन्न बोनस अफरहरू समेत उपलब्ध गराउने जनाएको छ ।
यस्तै ग्राहकलाई ८० प्रतिशतसम्मको फाइनान्स सुविधा उपलब्ध गराइएको कम्पनीको भनाइ छ । साथै, पहिलो वर्षको सवारी कर कम्पनीले नै तिर्ने व्यवस्था गरिएको छ ।