ह्युन्डाई नेपालद्वारा ‘दशैं-तिहार, १० गुणा उपहार’ अफर, १० लाखसम्म जित्ने अवसर

काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आगामी दशैं–तिहारलाई लक्षित गर्दै 'दशैं-तिहार, १० गुणा उपहार' अफर घोषणा गरेको छ ।

यस अफर अन्तर्गत, ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्म थप छुट जित्ने अवसर पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

ग्राहकहरूलाई थप प्रोत्साहन स्वरूप २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, प्रत्येक गाडी खरिदमा १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर समेत प्रदान गरिनेछ ।

यस्तै, हरेक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध हुने जनाएको छ । कम्पनीका अनुसार यसले ह्युन्डाई ब्रान्डको गुणस्तर, भरपर्दोपन र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता झल्काउँछ ।

भदौ २ गतेदेखि लागू हुने यो अफरमार्फत कम्पनीले सबै अटोप्रेमी र सम्भावित ग्राहकलाई नजिकैको ह्युन्डाई शोरुममा पुगेर विशेष अफरको लाभ लिन आमन्त्रण गरेको छ ।

Share News