आम्दानीभन्दा खर्च बढी हुँदा होटलको नाफामा गिरावट, कुन होटलको अवस्था कस्तो छ ?

काठमाडौं । होटल तथा पर्यटन क्षेत्रको नाफा सामान्य घटेको छ । पुँजी बजारमा सूचीकृत विभिन्न ६ वटा होटलहरूको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा ०.९१ प्रतिशत अर्थात् १ करोड १५ लाख २४ हजार रुपैयाँ घटेर १ अर्ब २४ करोड ६४ लाख २६ हजार रुपैयाँ गरेका हुन् । अघिल्लो वर्ष यी ६ वटा होटलहरूले १ अर्ब २५ करोड ७९ लाख ५० हजार रुपैयाँ नाफा गरेका थिए ।

नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा सोल्टी होटल, तारागाउँ रिजेन्सी, ओरियण्टेल होटल्स, चन्द्रागिरि हिल्स, कालिन्चोक दर्शन र सिटी होटल सूचीकृत छन् । जसमध्ये सिटी होटल नोक्सानीमा छ भने ओरियण्टेल होटल र तारागाउँ रिजेन्सी होटलको नाफा घटेको छ ।
null

हवाईमार्गबाट यात्रा गर्ने पर्यटकहरूको आगमन संख्यामा वृद्धि भएतापनि स्थल मार्ग प्रयोग गरी नेपाल भ्रमणमा आउने पर्यटकहरूको संख्यामा खासै सुधार नभएकाले व्यवसायमा वृद्धि हुन नसकेको को होटल कम्पनीका सञ्चालकहरू बताउँछन् । साथै, केही अन्तराष्ट्रिय घटनाक्रम तथा विवादहरुको प्रत्यक्ष असर पर्यटकहरूको आवागमनमा परेको उनीहरुको भनाइ छ ।

अप्रत्याशित रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय घटनाहरूको कारणले पर्यटन उद्योगमा ठूलो असर पर्ने गरेको छ । सोबाट होटलको आयआर्जनमा प्रभाव पार्ने गरेको बताइएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका होटललाई कर्जाको किस्ता तथा ब्याज भुक्तानीले असर परिरहेको जनाएका छन् ।

null
चन्द्रागगिरि हिल्स
को गत वर्ष २०८१/८२ मा खुद नाफा ५.४६ प्रतिशत बढेर २१ करोड ८ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १९ करोड ९९ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा वर्षमा कम्पनीको सञ्चालन आम्दानी ९.७६ प्रतिशत घटेर ९० करोड २४ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब १ लाख १५ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

गत वर्ष कम्पनीको अन्य आम्दानी १८.२७ प्रतिशत घटेर ३ करोड ४ लाख ३२ हजार र कुल आम्दानी १०.७६ प्रतिशत घटेर ७८ करोड २४ लाख ८३ हजार रुपैयाँ गरेको छ । 

समीक्षा वर्षमा कम्पनीको वित्तीय खर्च बिक्री लागत २.६९ प्रतिशत घटेर ११ करोड ९९ लाख रुपैयाँ, कर्मचारी खर्च १.५७ प्रतिशत बढेर १७ करोड ३१ लाख रुपैयाँ, प्रशासन खर्च ९.५२ प्रतिशत घटेर १० करोड ७ लाख ७३ हजार रुपैयाँ, वित्तीय खर्च ३४.६८ प्रतिशत घटेर १५ करोड ६५ लाख १२ हजार रुपैयाँ र कुल खर्च २.८१ प्रतिशत घटेर २७ करोड ३८ लाख ७४ हजार रुपैयाँ गरेको छ । 

१ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ११ करोड ६८ लाख ४ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३.७५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०७.६१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६९.५४ गुणा रहेको छ ।

null
कालिञ्चोक दर्शन
को गत वर्ष खुद नाफा ४७.०८ प्रतिशत बढेर २ करोड ७८ लाख २ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ करोड ८९ लाख २ हजार रुपैयाँ नाफा गरेको थियो । 

गत वर्ष कम्पनीको आम्दानी ३४.६९ प्रतिशत बढेर ७ करोड ९३ लाख ५५ हजार रुपैयाँ, सञ्चालन आम्दानी ३५.६५ प्रतिशत बढेर ७ करोड ६३ लाख ६१ हजार रुपैयाँ, अन्य आम्दानी ११८ प्रतिशत बढेर १२ लाख ९०५ हजार रुपैयाँ गरेको छ । 

गत वर्ष कम्पनीको कर्मचारी खर्च ३६.०७ प्रतिशत बढेर १ करोड ३३ लाख ९७ हजार रुपैयाँ, अन्य खर्च २६.३४ प्रतिशत बढेर १ करोड ११ लाख ४५ हजार रुपैयाँ र वित्तीय खर्च २६.२४ प्रतिशत बढेर ९२ लाख ४४ हजार रुपैयाँ गरेको छ । 

६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ३ करोड १६ लाख ५३ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.५८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०५.४१ रुपैयाँ र मूल्य आम्दानी अनुपात २४४.५१ गुणा छ । 

null
सोल्टी होटल
को गत वर्ष खुद नाफा ११.७७ प्रतिशत बढेर ६७ करोड ७ लाख ९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ६० करोड ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा वर्षमा कम्पनीको कुल आम्दानी १०.८७ प्रतिशत बढेर २ अर्ब ७७ करोड ८९ हजार रुपैयाँ र कुल खर्च ११.११ प्रतिशत बढेर १ अर्ब ९४ करोड १६ लाख १४ हजार रुपैयाँ गरेको छ । 

अघिल्लो वर्ष कम्पनीले २ अर्ब ४९ करोड ८४ लाख १८ हजार रुपैयाँ कुल आम्दानी गरेर १ अर्ब ७४ करोड ७४ लाख ६८ हजार रुपैयाँ कुल खर्च गरेको थियो । 

गत वर्ष कम्पनीको कर्मचारी खर्च १२.३८ प्रतिशत बढेर ६३ करोड २३ लाख २१ हजार रुपैयाँ, प्रशासन खर्च १४.१९ प्रतिशत बढेर ३८ करोड ५८ लाख १४ हजार रुपैयाँ र वित्तीय खर्च ७.०७ प्रतिशत बढेर ३८ लाख ५७ हजार रुपैयाँ गरेको छ ।

कम्पनीको चुक्ता पुँजी १० प्रतिशत बढेर १ अर्ब २ करोड १८ लाख ६२ हजार रुपैयाँ र सञ्चित नाफा २१.९१ प्रतिशत बढेर १ अर्ब ७५ करोड २९ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी १.५४ रुपैयाँ बढेर ६.५६ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २७.१५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८८ गुणा रहेको छ । 

null
ओरियण्टल होटल्स
को गत वर्ष खुद नाफा ८३.४२ प्रतिशत घटेर २ करोड ५ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १२ करोड ३९ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा वर्षमा कम्पनीको सञ्चान आम्दानी ९.१९ प्रतिशत घटेर १ अर्ब ४ करोड ९३ लाख ४३ हजार रुपैयाँ, अन्य आम्दानी ५६.९१ प्रतिशत घटेर २ करोड ६३ लाख ४५ हजार रुपैयाँ र कुल नाफा ११.५९ प्रतिशत घटेर १ अर्ब ७ करोड ५६ लाख ८८ हजार रुपैयाँ गरेको छ । 

गत वर्ष कम्पनीको प्रशासन खर्च ७.२८ प्रतिशत घटेर १४ करोड ७८ लाख ३८ हजार रुपैयाँ, वित्तीय खर्च १.८२ प्रतिशत घटेर ९ करोड ७८ लाख ८७ हजार रुपैयाँ र कुल खर्च २.७९ प्रतिशत घटेर ९३ करोड ९९ लाख ५० हजार रुपैयाँ गरेको छ ।

कम्पनीको चुक्ता पुँजी ४.९९ प्रतिशत १ अर्ब १८ करोड ४४ लाख ९४ हजार रुपैयाँ र जगेडा कोष १.०८ प्रतिशत घटेर २ अर्ब ७१ करोड ७८ लाख ४ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १.२५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३२८.२१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७०२ गुणा छ । 

null
तारागाउँ रिजेन्सी होटल्स
को गत वर्ष खुद नाफा ०.५४ प्रतिशत घटेर ५१ करोड ५४ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ५१ करोड ८२ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

समीक्षा वर्षमा कम्पनीको सञ्चालन आम्दानी १.६८ प्रतिशत बढेर १ अर्ब ५२ करोड १६ लाख ४९ हजार रुपैयाँ, अन्य आम्दानी ११.४१ प्रतिशत घटेर २१ करोड ४३ लाख ७ हजार रुपैयाँ र कुल आम्दानी ०.१३ प्रतिशत घटेर १ अर्ब ७३ करोड ५९ लाख ५६ हजार रुपैयाँ गरेको छ । 

यस्तै, गत वर्ष कम्पनीको प्रशासनिक खर्च ९.२३ प्रतिशत बढेर २४ करोड ७२ लाख ९० हजार रुपैयाँ गरेको छ । 

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड २१ लाख २० हजार रुपैयाँ र जगेडा कोष ३२.२५ प्रतिशत बढेर १ अर्ब २० करोड ९६ लाख ८६ हजार रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २६.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६१.६५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३६.०२ गुणा छ । 

null
सिटि होटल 
गत वर्ष १९ करोड ८९ लाख ६५ हजार रुपैयाँ नोक्सानीमा छ । अघिल्लो वर्ष कम्पनीले २० करोड ३२ लाख २४ हजार रुपैयाँ नोक्सानी बेहोरेको थियो ।

कम्पनीको सञ्चालन आम्दानी ३.४४ प्रतिशत घटेर ४८ करोड ६८ लाख ४८ हजार रुपैयाँ, अन्य आम्दानी ५४.६४ प्रतिशत घटेर ३ करोड ५४ लाख ६६ हजार रुपैयाँ र कुल आम्दानी १०.३२ प्रतिशत घटेर ५२ करोड २३ लाख १५ हजार रुपैयाँ गरेको छ । 

समीक्षा अवधिमा कम्पनीको कर्मचारी खर्च ४.५१ प्रतिशत बढेर १० करोड ६९ लाख १० हजार रुपैयाँ, प्रशासन खर्च १.९० प्रतिशत बढेर १२ करोड ८४ लाख ८३ हजार रुपैयाँ र कुल खर्च १.४६ प्रतिशत घटेर ३७ करोड २० लाख रुपैयाँ गरेको छ । 

१ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी ३२ करोड ९ लाख ६ हजार रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.२७ रुपैयाँ ऋणात्मक छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ८०.८३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७३.५० गुणा छ । 

Share News