जेआरएफ रेमिट र नियो मनी ट्रान्सफरबीच सम्झौता, जापान र कोरियाबाट रकम पठाउन सहज

काठमाडौं । जापान र कोरियाबाट पैसा पठाउने कम्पनी जेआरएफ रेमिट र नेपालको नियो मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा प्रदान गर्न सहकार्य सुरु भएको छ । अब जापान र कोरियामा रहेका नेपालीहरूले जेआरएफको अनलाइन सेवा प्रयोग गरी नियो मनी ट्रान्सफरमार्फत सहजै रकम पठाउन सक्नेछन् ।

यो साझेदारीपछि नेपालीहरूले नेपालका कुनै पनि बैंक खाता वा भुक्तानी सेवा प्रदायकका वालेटमा रकम पठाउन सक्नेछन् । साथै, नियो मनी ट्रान्सफरका देशभर रहेका एजेन्ट नेटवर्कमार्फत पनि रकम प्राप्त गर्न सकिने सुविधा उपलब्ध हुनेछ ।

नियो मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर खनालले भने, 'जेआरएफ रेमिटसँगको साझेदारीले हामीलाई अझ छिटो र भरपर्दो रेमिट्यान्स सेवा प्रदान गर्ने अवसर दिएको छ । यसले औपचारिक माध्यमको प्रयोग बढाएर देशको वित्तीय प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्नेछ ।'

नियो मनी ट्रान्सफरले पछिल्लो समयमा बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै आएको छ ।

Share News