नारायणी डेभलपमेन्ट बैंकका सीईओ विष्णु रेग्मीले दिए राजीनामा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विष्णु रेग्मीले पदबाट राजीनामा दिएका छन् । स्वास्थ्य कारण देखाउँदै रेग्मीले पद त्याग गरेका हुन् ।

उनको राजीनामा बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । रेग्मीलाई २०८० भदौ २८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गरेको थियो ।

सञ्चालक समितिको बैठकले बैंकका वरिष्ठ कार्यकारी अधिकृत कृष्ण दवाडीलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

Share News