काठमाडौं । एमबीबीएस अध्ययनका लागि दुईवटा शैक्षिक संस्था थपिएका छन् । हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र पूर्वाञ्चल विश्वविद्यालयले अब एमबीबीएस पढाउन पाउने भएका हुन् ।
चिकित्सा शिक्षा आयोगको २१ औं बोर्ड बैठकले यी दुईवटा कलेजलाई एमबीबएएस कार्यक्रम सुरु गर्न दिने निर्णय गरेको हो ।
यसपटक देखि एमबीबीएस पढाउने थप दुईवटा संस्था थपिएका छन् । थपिएका यी दुबै सरकारी संस्था हुन् ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० र पूर्वाञ्चल विश्वविद्यालयललाई पनि ५० सिट दिइएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले योभन्दा अगाडि एमडीएमएस कार्यक्रम सुरु गरेको थियो । ८ सिटमा एमडी एमएस विद्यार्थी पढाइरहेको यो प्रतिष्ठानले एमबीबीएसमा ५० सिटब पाएको छ भने बीपीएच २० सिट, बीएस्सी नर्सिङ २० सिट, बी फार्मा २० सिट र बीएमएलटी २० सिट अध्ययन हुँदै आएको थियो ।
यसपटक बीएस्सी नर्सिङ २० बाट बढेर ३० पुगेको छ । यस्तै, पूर्वाञ्चल प्रतिष्ठानमा पनि नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, बीएमएलटी लगायतका विषयहरु सञ्चालन हुँदै आएका थिए । अब यहाँ पनि एमबीबीएस कार्यक्रम सुरु हुने भएको छ ।