काठमाडौं । भिनफास्टका संस्थापक फाम न्हाट भुङले कम्पनीको अनुसन्धान तथा विकास (आरएन्डडी) शाखा १.५२ अर्ब डलरमा किन्ने भएका छन् । यो उनको घाटामा चलिरहेको भियतनामी कम्पनीमा हालसम्मको पछिल्लो नगद लगानी हो । भिनफास्टले २०२६ अन्त्यसम्ममा घाटा बराबरी गर्ने लक्ष्य लिएको छ ।
यस सम्झौताअनुसार भियतनाममा दर्ता भएको नोभाटेक रिसर्च एण्ड डेभलपमेन्ट (जेएससी) लाई भिनफास्ट ट्रेडिङ एण्ड प्रोडक्सन जेएससी (भीएफटीपी) — जसलाई कम्पनीको घरेलु उत्पादन शाखा मानिन्छबाट अलग गरिनेछ ।
नोभाटेकले सम्पन्न आरएन्डडी परियोजनासँग सम्बन्धित लगानी लागत सम्हाल्नेछ भने भीएफटीपीले भियतनाममै ईभी उत्पादन र भविष्यका अनुसन्धानलाई अगाडि बढाउनेछ।

भिनफास्टका संस्थापक फाम न्हाट भुङ
भिनफास्ट जसले २०२३ मा नास्डाकमा डेब्यू गरेको थियो । उसले कमजोर उपभोक्ता माग र कडा प्रतिस्पर्धाजस्ता चुनौतीहरू भोगिरहेको छ । कम्पनीले पहिलो त्रैमासिकमा ७१२.४ मिलियन डलरको शुद्ध घाटा बेहोरे पनि राजस्व १५० प्रतिशतले बढेर ६५६.५ मिलियन डलर पुगेको छ ।
भिनफास्टको सेयर प्रि-मार्केट कारोबारमा १.४ प्रतिशत बढेर ३.५९ डलर पुगेको छ।
२०१७ मा स्थापना भएदेखि कम्पनी संस्थापक भुङको सहयोगमा धेरै हदसम्म भर परेको छ । उनी भिनफास्ट र यसको मूल कम्पनी भिनग्रुपका करिब ९८ प्रतिशत सेयरका मालिक हुन् र भिनग्रुपका अध्यक्षका रूपमा कार्यरत छन् ।
नोभाटेकका सेयरहरू भुङलाई सुम्पिने मूल्य करिब ४० ट्रिलियन डङ ९१।५२ अर्ब डलर० छ, जसमा १७.२५ ट्रिलियन डङको वास्तविक मूल्याङ्कन र थप प्रिमियम समावेश छ । नोभाटेकका सम्पत्तिसँग सम्बन्धित बौद्धिक सम्पत्ति आवश्यक परेमा उत्पादनका लागि भिनफास्टलाई पुनः भाडामा दिइनेछ ।
भिनफास्टले आफ्नो पहिलो पुस्ताको ईभी विकास सम्पन्न भएको जनाएको छ । अनुसन्धान तथा विकास लागत २०२५ को पहिलो त्रैमासिकमा ८१.२ मिलियन डलर भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.३ प्रतिशत कम हो ।
ईभी निर्माताले २०२५ मा २ लाख कार डेलिभरी गर्ने लक्ष्य राखेको छ, जुन २०२४ को तुलनामा दोब्बरभन्दा बढी हो । भिनफास्टको अधिकांश डेलिभरी भियतनामी बजारमै हुने गरेका छन् ।
भिनफास्टले भारतबाटै अन्तर्राष्ट्रिय बजारमा गाडी पठाउने, २ अर्ब डलरको लगानी योजना
चिनियाँ ईभीको दबाबसँग जुध्न जीएम र हुन्डाई एकजुट