वनका हाकिम ५० हजार घुससहित पक्राउ

<p>काठमाडौं । ईलाका वन कार्यालय आर्वा पोखराका सहायक वन अधिकृत गणेश बहादुर कार्की ५० हजार घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार घुससहित पक्राउ गरेको हो । काउ भलान फुलबारी बाटो निर्माण समितिले नगरपालिकाबाट बजेट निकासा गरी बाटो निर्माणको क्रममा निस्किएको ढुङ्गा सोही स्थानमा प्रयोग गर्न नपाउने भनि जिल्ला [&hellip;]</p>

काठमाडौं । ईलाका वन कार्यालय आर्वा पोखराका सहायक वन अधिकृत गणेश बहादुर कार्की ५० हजार घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार घुससहित पक्राउ गरेको हो ।

काउ भलान फुलबारी बाटो निर्माण समितिले नगरपालिकाबाट बजेट निकासा गरी बाटो निर्माणको क्रममा निस्किएको ढुङ्गा सोही स्थानमा प्रयोग गर्न नपाउने भनि जिल्ला वन कार्यालय कास्कीमा परेको निवेदन उपरको कारवाहीको क्रममा उनले घुस मागेका थिए ।

सोही सूचनाका आधारमा आयोगको केन्द्रिय कार्यालयबाट खटिएको टोलीले उनलाई न्युरोड पोखरास्थित कल्पना मम रेष्टुरेण्टबाट पक्राउ गरेको हो । पक्राउपछि आयोगले आफ्नै हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।

Share News