दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । दरमखोला हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा गोलाप्रथाद्वारा बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो ।

कम्पनीको आईपीओमा आवेदन दिने दुई लाख ४२ हजार ३१८ जनाले प्रत्येकलाई १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । तीमध्ये ५ जनाले थप एक कित्ता पाई ११ कित्ता सेयर पाएका छन् ।

कुल २२ लाख ९६ हजार ४६५ आवेदनमध्ये २२ लाख ८३ हजार २२६ आवेदन सदर भएका छन् भने १३ हजार २३९ आवेदन बदर भएका छन् । कम्पनीले गत साउन १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको, प्रतिकित्ता १०० रुपैयाँ दरका २४ लाख २३ हजार १८५ कित्ता सेयर निष्काशन गरेको थियो ।

आईपीओको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

Share News