डेंगी संक्रमण फैलिन नदिन सबैले सजगता अपनाउनु आवश्यक छ : मेयर महर्जन

काठमाडौं । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले डेंगुको संक्रमण फैलन नदिन सबैले सजगता अपनाउनु पर्ने बताएका छन् । सोमबार महानगरमा आयोजित डेंगु नियन्त्रणसम्बन्धी सरोकारवालाहरूसँगको छलफलमा उनले उक्त कुरा बताएका हुन् ।

प्रमुख महर्जनले भने, ‘हाम्रो सजगताले डेंगी फैलाउने लामखुट्टेको वृद्धि र विकास हुन सक्दैन, त्यसैले सावधानी अपनाऔं ।’

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. भवन पौडेलले सामान्य सतर्कताले डेंगी रोगबाट जोगिन सकिने जानकारी दिए ।

कार्यक्रममा विषयगत समितिका संयोजकहरू, सरोकारवाला संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

यसअघि महानगरले महानगर क्षेत्रभित्र स्थलगत निरीक्षण गर्दा पिकनिक स्थल, धार्मिक स्थल, खेलमैदानहरू, शिक्षण संस्थाहरू भित्र पेय पदार्थ सेवन गरी जथाभावी फ्याँकिएको भेटिएको थियो । त्यसलगत्तै महानगरले लामखुट्टेको वृद्धि विकास हुने हुँदा डेंगी रोग नियन्त्रण नभए सम्म महानगर क्षेत्र भित्र प्लाष्टिकका कपहरू प्रयोग गर्न पूर्णरुपमा प्रतिबन्ध लगाएको थियो । 

Share News