नाइमा एक्स्पोमा बीवाईडी एट्टो वान करिब ६ सय युनिट बुकिङ

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा बीवाईडी एट्टो वान करिब ६ सय युनिट बुकिङ भइसकेको बीवाईडीकी सेल्स म्यानेजर सन्ध्या श्रेष्ठले बताएकी छन् ।

उनले हिजाे (आइतबार) मात्रै २ सय ५० गाडी बुकिङ भइसकेको बताइन् ।

बीवाईडीको स्टलमा मानिसहरूको भीड व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे परिरहेको छ । भर्खरै सार्वजनिक भएको बजेट ईभी ‘एट्टो वान’  हेर्न, बुझ्न र तुरुन्तै बुकिङ गर्नेहरूले स्टलमा भीड भएको हो ।

श्रेष्ठले एक्स्पोको अन्तिम दिनमा पनि उस्तै भीड भएको बताइन् । उनले यतिधेरै बुकिङ हुनु आफैमा रेकर्ड भएको बताइन् । 

null

कम्पनीका अनुसार यो सफलता रातारात मिलेको होइन । यो वर्षौंदेखिको उपभोक्ताको माग र कम्पनीको सही समयको रणनीतिको परिणाम हो ।

‘साढे दुई/तीन वर्षदेखि नै उपभोक्ताहरूले एउटा सानो, गुणस्तरीय र बजेटमा अटाउने विद्युतीय कारको माग गरिरहेका थिए,’ बीवाईडीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘एट्टो(वानले त्यही माग पूरा गरेकाले यति धेरै माया पाएका छौं ।’

सेल्स म्यानेजर श्रेष्ठका अनुसार एट्टो–वानको सफलताको पछाडि यसको कम्प्याक्ट साइज, आधुनिक फिचर र सबैभन्दा महत्त्वपूर्ण– आकर्षक मूल्य र फाइनान्सिङ सुविधाको व्यवस्था छ । 

यसको स्ट्यान्डर्ड रेन्ज (डाइनामिक भेरियन्ट) को मूल्य २८ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । यो कार किन्न चाहनेले सुरुमा ११ लाख ५८ हजार रुपैयाँ डाउन पेमेन्ट गर्नुपर्ने कम्पनीको भनाइ छ ।

null

कम्पनीका अनुसार बाँकी १७ लाख ३७ हजार रुपैयाँ बैंकबाट ७ वर्षको लागि कर्जा लिन सकिन्छ। अहिलेको औसत ७.५ प्रतिशत  ब्याजदरमा हिसाब गर्दा यसको मासिक किस्ता करिब २६ हजार ६५० रुपैयाँ मात्र पर्न आउँछ । यो रकमले मध्यमवर्गीय परिवारलाई पनि विद्युतीय कारको मालिक बन्ने सपना पूरा गर्न सहज बनाएको छ ।

एट्टो–वान एउटा अर्वान ह्याचब्याक हो, जसलाई विशेषगरी सहरको घुम्ती र चापयुक्त सडकका लागि डिजाइन गरिएको छ । यसमा ३०.०८ किलोवाट आवरको सुरक्षित र टिकाउ (लिथियम आइरन फस्फेट) ब्लेड ब्याट्री छ । यसले एक पटकको फुल चार्जमा २३० किलोमिटरको रेन्ज दिन्छ, जुन दैनिक सहर यात्राका लागि पर्याप्तभन्दा बढी हो ।

यसमा ४५ किलोवाटको मोटर छ, जसले सहरभित्र आवश्यक पर्ने शक्ति र गति सजिलै प्रदान गर्छ ।  ३९२० एमएम लम्बाइ र २५०० एमएमको ह्वीलबेसले यसलाई साँघुरो ठाउँमा पनि चलाउन र पार्किङ गर्न सजिलो बनाउँछ ।

बजेट कार भए पनि एट्टो(वानले फिचरमा कुनै सम्झौता गरेको छैन । यसको क्याबिन आधुनिक र प्रविधिमैत्री छ । कारभित्र पस्नासाथ तपाईंलाई हाइटेक स्मार्ट ककपिट ले स्वागत गर्छ । ड्यासबोर्डको बीचमा १०।१ इन्चको ठूलो टचस्क्रिन छ । 

जसमा एप्पल कारप्ले र एन्ड्रोइड अटो दुवै सपोर्ट गर्छ । यसले नेभिगेसन, संगीत र अन्य स्मार्ट फिचरहरूलाई सहज बनाउँछ । चालकको अगाडि ७ इन्चको डिजिटल डिस्प्ले छ, जसले गति, ब्याट्री लेभल र रेन्ज जस्ता महत्त्वपूर्ण फिचरले ग्राहकलाई आकर्षित गरिरहेको छ।

Share News