डिशहोम र लेक साइड रिट्रिबीच साझेदारी, ग्राहकलाई आवास र खानेकुरामा छुट

काठमाडौं । डिशहोमले भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत पोखराको लेक साइड रिट्रिट (आइएमई हस्पिटालिटीद्वारा सञ्चालित) सँग साझेदारी गरेको छ । यस सहकार्यमार्फत डिशहोमका सक्रिय ग्राहकहरूले आवास र फुड एण्ड बेभरेजमा १५–१५ प्रतिशत छुटको सुविधा पाउने छन् ।

यो छुट प्राप्त गर्न ग्राहकले माइ डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड लेक साइड रिट्रिटमा देखाउनुपर्नेछ । पोखराको प्रसिद्ध लेकसाइडको मुटुमा अवस्थित लेक साइड रिट्रिटले आधुनिक सुविधा, शान्त वातावरण र अतिथिसत्कारको उत्कृष्ट मिश्रण प्रदान गर्दै आएको छ । यस साझेदारीसँगै डिशहोमका ग्राहकले यहाँको भ्रमणलाई अझ किफायती र स्मरणीय बनाउन सक्नेछन् ।

भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्न माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी दर्ता नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लगइन गर्नुपर्छ । त्यसपछि होम स्क्रिन वा प्रोफाइलमा रहेको प्रिभिलेज कार्ड आइकन क्लिक गरी प्राप्त कार्ड देखाएर छुट लिन सकिन्छ ।

डिशहोमका अनुसार यो सहकार्य केवल इन्टरनेट वा टेलिभिजन सेवाभन्दा बाहिरका जीवनशैलीका फाइदा, बचत र अनुभव ग्राहकलाई प्रदान गर्ने आफ्नो प्रतिबद्धताको हिस्सा हो ।

Share News