काठमाडौं । जगदम्बा मोटर्सले नाइमा अटोमोबिलिटी एक्स्पोमा ‘मिडनाइट ब्लु’ रंगमा टीभीएस रोनिन–२२५ २०२५ एडिसन सार्वजनिक गरेको छ ।
विशिष्ट डिजाइन, बहुउपयोगी प्रदर्शन र उन्नत राइडर– केन्द्रित सुविधाहरूका कारण बाइकले मोटरसाइकल प्रेमीहरूको ध्यान खिच्न सफल भयो ।
‘मिडनाइट ब्लु’ रोनिन २२५ ले अत्याधुनिक प्रविधि, परिष्कृत इन्जिनियरिङ र अनुकूल प्रदर्शन संयोजन गरेको छ।
बाइकमा रहेको परिष्कृत इन्जिन स्मूथ टर्क डेलिभरी र उत्तरदायी थ्रोटल प्रदर्शनका लागि ट्युन गरिएको छ । राइडरहरूले सजिलै ‘अर्बन’ र ‘रेन’ राइडिङ मोडबीच स्विच गर्न सक्ने कम्पनीले जनाएको छ ।
२०२५ एडिसनमा थुप्रै परिष्कृत सुविधाहरू समावेश छन् । स्मार्ट एक्स कनेक्ट, डुअल-च्यानल एबीएस मोड, अपसाइड–डाउन (यूएसडी) फ्रन्ट फोक्र्स, एडजस्टेबल लेभरहरू र राइडिङ मोड (रेन र अर्बन) रहेको छ ।