काठमाडौं । काठमाडौंको सोर्हखुट्टेमा सञ्चालित जी रामायना होटलमा हनुमानको मूर्ति स्थापना भएको छ । हनुमानको मूर्तिको उद्घाटन भारतका प्रसिद्ध धर्मगुरु कालिदास बाबाले गरेको होटलका अध्यक्ष उमेश गुप्ताले जानकारी दिए ।
उनका अनुसार मूर्ति उद्घाटनको लागि कालिदास बाबा आइतबार बिहानै होटल आइपुगेका थिए । उनलाई अध्यक्ष गुप्ता र होटलकै सञ्चालक साजन शाक्यले स्वागत गरेको थिए ।
नेपालमा कालिदास बाबाको आगमनले भारतमा पर्यटनको राम्रो प्रचारप्रसार हुने र नेपालको पर्यटनमा टेवा पुग्ने शाक्यले बताए । उनका अनुसार नेपालमा सबैभन्दा धेरै पर्यटक भारतबाट आउने गरेको छ ।
शाक्यले भने, ‘उहाँले नेपालको हस्पिटालिटी, स्थानीय खानाको बारेमा राम्राे प्रतिक्रिया दिनु भएको छ । यसले भारतका अन्य पर्यटकहरू नेपाल आउन थप प्रोत्साहित हुने विश्वास लिएको छौं ।’