काठमाडौं । नेकपा एमाले गुल्मी-काठमाडौं सम्पर्क मञ्चको आयोजनामा विद्यार्थी सम्मान तथा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १६९ विद्यार्थीलाई सम्मान गरिएको मञ्चका सचिव प्रेमप्रकाश ढकालले जानकारी दिए ।
गुल्मीका विभिन्न विद्यालयबाट एसईई उत्तीर्ण गरी काठमाडौंमा अध्ययनरत विद्यार्थीहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव तथा गुल्मी क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य गोकर्ण बिष्टले विद्यार्थीहरूलाई सम्मान गरेका थिए ।