शुल्क शोषणविरुद्ध त्रिवि उपकुलपति कार्यालयमा अखिल क्रान्तिकारीको रिले अनसन सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्रा. डा. दीपक अर्यालको कार्यकक्ष अगाडि १७ दिनदेखि धर्ना दिइरहेको माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले बिहीबारदेखि रिले अनसन सुरु गरेको छ ।

विद्यार्थी संगठनले भनिएको छ कि दुई साताभन्दा बढी धर्ना बसे पनि विश्वविद्यालय प्रशासनले मागप्रति चासो नदेखाएपछि उनीहरू रिले अनसनमा उत्रिएका हुन् ।

क्रान्तिकारीका अनुसार, अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य र लैङ्गिकता अध्ययन लगायतका चार सेल्फ सस्टेन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिए पनि शुल्कमा कमी नगरी पुरानै दरमा असुल भइरहेको छ ।

विद्यार्थीहरूले शुल्क घटाउन माग गरे पनि त्रिवि पदाधिकारीले वार्ताका लागि बोलाएका छैनन् । सोहीबीच उपकुलपति अर्याल अघिल्ला दिनदेखि कार्यालय आउनै छोडेको आरोप विद्यार्थीहरूले लगाएका छन् ।

Share News