काठमाडौं । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालीका वडा नम्बर २ पिपरामा रहेको जनता क्याम्पसको सञ्चालक समिति अध्यक्षमा विष्णुप्रसाद पौडेल चयन भएका छन् ।
वाणगंगा नपा वडा नम्बर २ का वडाअध्यक्ष तथा बाणगंगा नगरपालिकाका प्रवक्ता समेत रहेका पौडेलको अध्यक्षतामा १५ सदस्यीय क्याम्पस सञ्चालक समिति गठन गरिएको स्थानीय समाजसेवी गोपाल खरेलले जानकारी दिए ।
समितिको उपाध्यक्षमा रत्नबहादुर कार्की चयन भएका छन् ।
सदस्यहरूमा हरिप्रसाद पाण्डे, रमेश पन्थी, हरिप्रसाद घिमिरे, कृष्ण गैरे, शिवकुमार कार्की, कृष्णबहादुर कार्की, भीमसेन कार्की, नवराज बैदाली, विष्णुमाया थापा र उदयराज चौधरी चयन भएको खरेलले बताए ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको सम्बन्धनप्राप्त उक्त क्याम्पसमा बीबीए इन कृत्रिम बौद्धिकता (एआई )पढाइ हुने बताइएको छ ।