२४ क्यासिनोले गरे नवीकरण, रोयल्टी तिरे २५ करोड रूपैयाँ

काठमाडौं । देशभरका विभिन्न स्थानमा सञ्चालित २४ क्यासिनोले नवीकरण गरेका छन् । नेपाल पर्यटन विभागका अनुसार रोयल्टी बुझाएका २४ क्यासिनोको चालु आर्थिक वर्ष २०८२/८३ मा क्यासिनो सञ्चालनको लागि नवीकरण भएको हो ।

नवीकरण भएकामध्ये ९ ठूला क्यासिनो र १५ सानो क्यासिनो रहेका छन् । 

नवीकरण भएका क्यासिनोहरूमा बेल्लिज नेपाल, डेल्टीइन नेपाल, माजोङ इन्टरटेन्टमेन्ट, वाल्डो डाइनेस्टी इन्टरटेन्टमेन्ट, इम्पेरियल इन्टरटेन्टमेन्ट, भेगास रिक्रियसन, रोयल टाइगर रिक्रियसन रहेको छ । 

त्यसैगरी, प्राइड इन्टरटेन्टमेन्ट एण्ड रिक्रियसन किङ्वश्वरी इन्टरटेन्टमेन्ट, सिद्धार्थ गेमिङ जोन, ज्याकपोट गेमिङ सेन्टर, निर्वाना लक्जरी इन्टरनेशनल, ओम त्रयम्बकम इन्टरटेन्टमेन्ट, ताज इन्टरटेन्टमेन्ट, ग्रीन ज्याकपट इन्टरटेन्टमेन्ट, अपूर्व गेमिङ जोन, दियालो गेमिङ प्रालि, ईलिगेन्ट इन्टरटेन्टमेन्ट, डाइमण्ड रिक्रिइसनले नविकरण गरेका छन् । 

त्यस्तै, नवीकरण गर्ने क्यासिनोहरूमा च्याम्पिएन जोन, सेपिएर इन्टरटेन्टमेन्ट, गोल्डेन फिंगर, वेलिज इन्टरटेन्टमेन्ट र गोल्डेन क्वाइन क्यासिनो रहेका छन् ।

क्यासिनो नियमावलीअनुसार नवीकरणको लागि रोयल्टी अनिवार्य चुक्ता हुनुपर्ने व्यवस्था छ । नियमावलीअनुसार ठूलो क्यासिनोको लागि नवीकरण शुल्क १ करोड ५० लाख रुपैयाँ तोकिएको छ भने सानो क्यासिनोले ७५ लाख रुपैयाँ तिर्नुपर्छ । 

२४ कम्पनीले २४ करोड ७५ लाख रूपैयाँ रोयल्टी तिरेका छन् । 

Share News