नाइमा मोबिलिटी एक्स्पोमा सीएफमोटोको अफरै अफर

काठमाडौं । सीएफमोटो/जीहोको नेपालका लागि आधिकारीक वितरक ऋषि ट्रेड सेन्टरले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा आफ्नो २ मोडल ३०० के तथा ४५० एसआरएस लन्चको साथ विशेष अफर सार्वजनिक गरेको छ ।

साउन २१ देखि २५ गते सम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी भई सीएफमोटो तथा जिहोको मोटरसाइकल तथा स्कुटर बुकिङ तथा खरिद गर्दा कम्पनीले 'सीएफमोटो-जिहो अफरको वर्षा' अन्तर्गत आकर्षक छुट तथा सुविधाहरू उपलब्ध गराउने भएको छ ।

एक्स्पोमा सीएफमोटो तथा जीहोका लोकप्रिय मोडलहरू २५० के, ४५० एमटी तथा जीहो एई ८ मोडल प्रदर्शनमा राखिनेछ । 

एक्स्पोलाई लक्षीत गर्दै कम्पनीले आधिकारीक रुपले आफ्नो नेकेड सिरिजअन्तर्गत पर्ने ३०० के तथा प्रिमियम स्पोट्र्स सिरिजअन्तर्गत ४५० एसआरएस मोडेलहरू सार्वजनिक गर्ने भएको छ । 

एक्स्पो अवधीभर यस ब्राण्डका मोटरसाइकल तथा स्कुटर बुक तथा खरीद गर्ने ग्राहकले ५० हजार सम्मको भारी छुट, सीएफमोटोरजीहोका केही मोडलमा ५ वर्ष वारेन्टी जस्ता सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

यसका साथै कम्पनीले यो एक्सपो अवधिभर ग्राहकले सीएफ मोटोको ४५० एमटी खरीद तथा बुक गर्दा आकर्षक एमटी हेलमेटको साथै २५ हजार रुपैयाँ बराबरको तीन विशेष एसेसोरिजहरू छुटको स्वरुप पाउन सक्नेछन् ।

त्यसैगरी सीएफमोटोको स्टलमा आउने हरेक आगन्तुकले आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन् ।

Share News