काठमाडौं । नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले पहिलो पटक आयोजना गर्न लागेको मोबिलिटी एक्स्पोको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको हो ।
भृकुटीमण्डपमा बुधबारदेखि नाइमा मोबिलिटी एक्स्पो सुरु हुन लागेको हो ।
एक्स्पोमा सहभागी हुने सवारीसाधन बिक्रेता कम्पनीहरूले धमाधम स्टलहरू निर्माण गरिरहेका छन् ।
नाइमाले एक्स्पो सुरु हुनुअघि रातिसम्ममा सबै काम सक्नुपर्ने बताएको छ । आज रातिसम्म स्टलको काम सम्पन्न हुने बताइएको छ ।
तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज











