ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई नजरबन्दमा राख्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई हाउस अरेस्ट (घरमै नजरबन्द) गर्न आदेश दिएको छ । बोल्सोनारोमाथि अवैधानिक सत्ता कब्जाको आरोपमा मुद्दा चलाइएको छ ।

बोल्सोनारोले आफू अवैधानिक सत्ता कब्जाको कथित योजनामा संलग्न नरहेको दाबी गरेका छन् ।

न्यायाधीश एलेक्जेन्डर डी मोरेसले भने अनुसार यो निर्णय त्यसकारण लिइएको हो किनभने बोल्सोनारोले गत महिनामा आफूमाथि लगाइएको प्रतिबन्धको उल्लंघन गरेका थिए ।

यस विषयमा बोल्सोनारोको कानुनी टोलीले प्रतिबन्धको उल्लंघन गरिएको दाबी अस्वीकार गरेको छ र उक्त आदेशविरुद्ध अपील गर्ने बताएका छन् ।

अमेरिकाले भने ब्राजिलको सर्वोच्च अदालतको उक्त आदेशको निन्दा गरेको छ ।

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो सन् २०१९ देखि २०२२ सम्म राष्ट्रपति पदमा रहेका थिए । उनले आफ्नो कार्यकालको अन्त्यतिर ब्राजिलमा राजनीतिक रूपमा अत्यन्त विभाजित वातावरण सिर्जना गरेका थिए ।

२०२३ को जनवरीमा बोल्सोनारोका समर्थकहरूले चुनावमा हार स्वीकार नगरी ब्राजिलको संसद, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा आक्रमण गरेका थिए । 

बोल्सोनारोमाथि त्यस घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नताको आशंका गर्दै ब्राजिलको सर्वोच्च अदालतले अनुसन्धान अगाडि बढाएको छ । यही सन्दर्भमा उनलाई गत महिना राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाइएको थियो, जसको उल्लंघन गरेको आरोपमा अब उनलाई घरमै नजरबन्द गर्न आदेश दिइएको हो ।

Share News