कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ बसेको बोर्ड बैठकको निर्णयपछि नतिजा प्रकाशन गरिएको हो ।

बोर्डको पूर्व निर्धारित तालिकाअनुसार नतिजा साउन १५ गतेभित्रै प्रकाशन हुनुपर्ने थियो । तर गत चैत २० गतेदेखि शिक्षकहरूले गरेको २९ दिने आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएकाले नतिजा समयमा आउन सकेको थिएन ।

सोही आन्दोलनका कारण गत वैशाख ११ गतेका लागि तय भएको परीक्षा पनि २१ गतेदेखि सुरु भएको थियो । यस वर्षको परीक्षामा कुल ५ लाख ११ हजार ५ सय २५ जना परीक्षार्थी सहभागी भएका थिए ।

Share News