काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा विप्लव अधिकारी निर्वाचित भएका छन् । अध्यक्षका अर्का दाबेदार दिपक प्रसाद दाहालले उम्मेदवारी फिर्ता लिएपछि अधिकारी सर्वसम्मत निवार्चित भएका हुन् ।
आइतबारदेखि काठमाडौंमा जारी एपोनको वार्षिक साधारणसभाले १३ सदस्यीय समिती गठन गर्ने छ ।
अध्यक्षमा सर्वसम्मत भएपनि सदस्यमा पनि सहमतिको प्रयास भइरहेको छ । सदस्य पदका लागि प्रभात रुङ्गटा, दीपककुमार टिवडेवाला, पंकजकुमार तिवारी, शरदचन्द्र ओझा, ईश्वरकुमार भण्डारी, सुमितचन्द्र श्रेष्ठ, गिरीराज पाठक, गणेश पौडेल, नवराज पौडेल, शैलेश वैद्य, सजलराज रेग्मी, सुदर्शन खेगुली, पृथ्वी राज भण्डारी, सन्तोष बराल, दिनेश ठाकुर र पवन दाहालले उम्मेदवारी दिएका छन् ।