बजाजको चेतक इलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य ३ लाख २४ हजार

काठमाडौं । बजाजको आधिकारिक वितरक गोल्छा ग्रुपले चर्चित इलेक्ट्रिक स्कुटर ‘चेतक’ नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंको नक्सालमा नयाँ शोरुम र सर्भिस सेन्टर उद्घाटन गर्दै ’चेतक ३५०१’ मोडलको बिक्री सुरु गरेको हो । 

कम्पनीले चेतकको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ तोकेको छ । यो स्कुटर रातो, कालो, हरियो, हेजल नट र निलो गरी पाँच विभिन्न रङमा उपलब्ध रहेको गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले जानकारी दिए ।

नेपाली बाटो सुहाउँदो, लोमान्थाङसम्म परीक्षण

निर्देशक गोल्छाका अनुसार चेतक नेपाली सडक र परिस्थितिमा अत्यन्तै सुहाउँदो इलेक्ट्रिक स्कुटर हो । ‘यसमा १६० एमएमको ग्राउन्ड क्लियरेन्स छ, जसले नेपालको टेरेनमा उत्कृष्ट पर्फर्मेन्स दिन सक्छ,’ उनले भने, ‘हामीले यसको परीक्षणका लागि लोमान्थाङसम्म लगेका थियौं, र यो त्यहाँसम्म पुग्ने पहिलो इभी स्कुटर हो ।’

सर्भिसमा विशेष ध्यान, नेपालकै ठूलो इभी सर्भिस सेन्टर

ग्राहकको सबैभन्दा ठूलो चिन्ताको विषय आफ्टर सेल्स सर्भिसलाई ध्यानमा राख्दै कम्पनीले नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रिक टु–व्हीलर सर्भिस सेन्टर स्थापना गरेको छ । ‘हामी ग्राहकलाई सर्भिसको पूर्ण विश्वास दिलाउन चाहन्छौं। हामीसँग तालिम प्राप्त इभी विशेषज्ञ र स्पेयर पाट्र्सको पर्याप्त उपलब्धता छ,’ गोल्छाले भने, ’त्यसैले इभीमा स्विच गर्ने यो उत्तम मौका हो । ’

null

मोबाइल एपबाटै कन्ट्रोल, सुरक्षाका लागि विशेष फिचर

चेतक ३५०१ मोडल अत्याधुनिक प्रविधिले भरिपूर्ण छ । यसलाई कम्पनीको ‘चेतक एप’ मार्फत मोबाइलबाटै नियन्त्रण गर्न सकिन्छ । यसमा विभिन्न सुरक्षा फिचरहरू रहेका छन् । जसमा मोबाइलबाटै स्कुटर लक वा बन्द गर्न सकिन्छ । निश्चित भौगोलिक क्षेत्र तोकेर त्योभन्दा बाहिर गएमा स्कुटर स्वतः बन्द हुन्छ भने स्कुटर कहाँ छ भनेर फोनबाटै हेर्न सकिन्छ । चाहेको स्पिडमा लिमिटर सेट गर्न सकिन्छ । यसका साथै स्कुटर ढलेमा वा दुर्घटना भएमा मोबाइलमा नोटिफिकेसन आउने सुविधा पनि छ । 

 

ब्याट्री, रेन्ज र चार्जिङ

चेतकमा ३.५ किलोवाटको ब्याट्री र ४.२ किलोवाटको पिक पावर मोटर जडान गरिएको छ । जसले उकालो बाटोमा पनि राम्रो पर्फर्मेन्स दिन्छ । कम्पनीका अनुसार यसले एक पटकको फुल चार्जमा १५३ किलोमिटरको रेन्ज दिन्छ भने नेपाली सडकमा वास्तविक रेन्ज १३५ किलोमिटर छ ।

यसमा फास्ट चार्जिङ सुविधा छ । जसले गर्दा ३ घण्टामा ब्याट्री ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । कम्पनीले सुरुवाती चरणमा नक्साल शोरुमबाट मात्र बिक्री गर्ने र ग्राहकको विश्वास जितेपछि बजाजको नेटवर्कमार्फत देशभर विस्तार गर्ने योजना बनाएको छ ।

null
 

Share News