काठमाडौं । युनिग्लोब एसएस/कलेजमा आइतबारदेखि ३ दिने युनिग्लोब ह्याकथन १.० को सुरुवात भएको छ । ह्याकथनमा २० टोली (प्रत्येकमा ३ जना सदस्य) ले सहभागिता जनाएका छन् ।
प्रतियोगिता युनिग्लोब एसएस/कलेजका लागि ‘एमआईएस इन्टरफेस’ को वेब विकास भन्ने मुख्य विषयमा केन्द्रित छ, जहाँ सहभागी टोलीहरूले विद्यालय व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी बनाउन नविन र व्यवहारिक समाधान प्रस्तुत गर्नेछन् ।
प्रविधिको प्रयोगमार्फत शैक्षिक संस्थाको सशक्त डिजिटल रूपान्तरणको दिशामा यो एक महत्त्वपूर्ण पहल मानिएको छ ।
ह्याकथनको पुरस्कार राशि ४० हजार रुपैयाँ निर्धारण गरिएको छ । कार्यक्रमको टाइटल स्पोन्सर एक्पर्ट भिजन कन्सल्टेन्सी रहेका छन् भने आईपीएस वर्ल्ड लिंक नेटवर्क पार्टनरको रूपमा सहकार्यमा छ ।
साथै चिया आर्केडले पनि कार्यक्रममा सहयोग गरेको छ । सम्पूर्ण खानपान व्यवस्थापन युनिग्लोब आईटीे क्लब स्वयंले गरेको छ । कार्यक्रम सफल बनाउन १५ जना सदस्यहरू खटिएका छन् भने पहिलो दिन उत्साह, नवीनता र सहकार्यको उत्कृष्ट झलक देखिएको छ ।
युनिग्लोब एसएस/कलेजका ईसीसीए कार्यक्रम संयोजक एनबी गुरुङले युनिक्लोब ह्याकाथन १.० ले युवा प्रतिभाहरूको क्षमता उजागर गर्दै डिजिटल युगको नेतृत्वमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।