काठमाडौं । सिटि होटलले हकप्रद सेयर बिक्री प्रयोजनका लागि बुकक्लोज मिति तोकेको छ । कम्पनीले साउन २७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्ण गरेको छ ।
साउन २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ८० प्रतिशत अर्थात् १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद जारी गर्नेछ ।
कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।