२९१५ बिन्दुमा झर्‍यो नेप्से, ३ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले घटेर २९१५ बिन्दुमा झरेको छ । 

आज ४३ कम्पनीको सेयर मूल्य बढ्दा २०७ कम्पनीको मूल्य घटेको छ ।

बिहीबार ३१८ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ९० करोड रुपेयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्योरेन्सको भएको छ । हिमालयनको १ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै, नेपाल रिइन्स्योरेन्सको ७१ करोड, हिमालयन डिस्टिलरीको ६८ करोड, शिवभ् सिमेन्टको ६५ करोड र लुम्बिनी विकास बैंकको ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंक, ट्रेड टावर र नेपाल फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । 
 

Share News