काठमाडाै । निजी क्षेत्रको हेलिकोप्टर कम्पनी अल्टिच्युड एयरले परिक्षण उडानका लागि नयाँ हेलिकोप्टर ल्याएको छ । यसले तीन महिनासम्म परिक्षण उडान गरेर फिर्ता जाने भएको छ । यो कम्पनीले एक साता अगाडि एक नयाँ हेलिकोप्टर ल्याएको हो ।
यो हेलि परिक्षण उडानका लागि नेपाल ल्याएको र तीन महिनापछि फिर्ता हुने अल्टिच्युट हेलिका एक संचालक रामप्रसाद सापकोटाले बताए । उनका अनुसार यो कम्पनीले हामीलाई जनरल सेल्स एजेन्ट्स (जीएसए) दिन परिक्षण उडानका लागि जहाज दिएको हो ।
यो जहाज तीन महिनाका लागि ८ हजार मिटर माथि परिक्षण उडान गर्न दिएको हो । तीन महिनापछि कम्पनीले फिर्ता लैजाने पनि उनले जानकारी दिए । अल्टिच्युडसँग हाल एएस ३५० बीथ्रीको एक हेलिकोप्टर रहेको छ । यसले केही समयमा नै अर्को हेलिकोप्टर थप गर्दै छ ।