काठमाडौं । चौधरी ग्रुपले नेपालभित्र ३ वर्षमा करिब ५० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ। एफएमसिजी, सिमेन्ट, प्याकेजिङ, जलविद्युत्, होटेल, रियल स्टेटलगायतमा यो समहूले लगानी घोषणा गरेको हो ।
लगानी घोषणा गरिएका परियोजनामध्ये अधिंकाश आगामी तीन वर्षभित्रै सम्पन्न हुने खलाका छन् । समूहले सोमबार पत्रकार सम्मेलन आयोजना गरेर यो लगानी घोषणा गरेको हो ।
हाल सञ्चालनमा रहेका विभिन्न उद्योग तथा व्यवसायकै विस्तार क्रममा हामी आगामी तीन वर्षमा करिब ५ हजार करोड (५० अर्ब) रुपैयाँ लगानी गर्दैछौं,’ चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भने, यसबाट लगभग साढे दुई हजारभन्दा बढी नयाँ रोजगार सिर्जना हुनेछ।’