भैरहवासम्म प्राकृतिक ग्यास ल्याइदिन भारत तयार, ग्यासको भाउ आधा सस्तो हुने

<p>काठमाडौं । छिमेकी भारतले नेपाललाई प्रककृतिक ग्यास आपूर्ति गर्न र त्यसका लागि लागि भैरहवासम्म पाइपलाइन समेत निर्माण गरिदिन सहमत भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच सोमबार नयाँ दिललीमा भएको इन्धन खरिद सम्झौता नवीकरण बैठकमा दुई देशबीच प्राकृतिक ग्यास कारोबार सम्झौता भएको हो । भारतले यसअघि नेपाललाई पेट्रोलियम पदार्थसहित खाना पकाउने एलपिजी [&hellip;]</p>

काठमाडौं । छिमेकी भारतले नेपाललाई प्रककृतिक ग्यास आपूर्ति गर्न र त्यसका लागि लागि भैरहवासम्म पाइपलाइन समेत निर्माण गरिदिन सहमत भएको छ ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच सोमबार नयाँ दिललीमा भएको इन्धन खरिद सम्झौता नवीकरण बैठकमा दुई देशबीच प्राकृतिक ग्यास कारोबार सम्झौता भएको हो ।

भारतले यसअघि नेपाललाई पेट्रोलियम पदार्थसहित खाना पकाउने एलपिजी ग्यास आपूर्ति गर्दै आएको छ ।

नयाँ सहमतिसँगै खाना पकाउन एलपिजीको विकल्प प्राकृतिक ग्यास प्रयोग गर्न सकिनेछ जुन तुलनात्कम रुपमा सस्तो पर्नेछ ।

प्राकृतिक ग्यास एलपिजीको तुलनामा करिब आधा सस्तो हुने निगमले जनाएको छ । यो अहिले नेपालमा प्रयोग भइरहेको गोबर ग्यासजस्तै हो । यो ग्यास ल्याउन सके घर घरमा ग्यासको पाइपलाइन पुर्याएर सेवाम दिन सकिने निगको भनाई छ । नेपाल र भारतको इन्धन खरिद सम्झौता नवीकरणमा भएका सहमति ।
मुख्य सहमतिका बुँदा
भैरहवासम्म प्राकृतिक ग्यास पाइपलाइन बनाइदिने ।
अमलेखगन्जसम्म एलपीजी ग्यास पाइपलाइन बनाइदिने ।
चितवनमै पेट्रोलियम पाइपलाइन बनाउन सघाउने ।
मागेजति पेट्रोलियम पदार्थ र ग्यास दिने ।
नाफा घटाउन भारत सहमत । नागरिक दैनिबाट ।

Share News