काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराईले माइतीघरमा सत्याग्रह सुरु गरेका छन् ।
मेयर भट्टराईले बाँसलगायत स्थानीय कच्चा पदार्थ प्रयोग गर्ने नीतिको माग राखेर सत्याग्रह सुरु गरेका हुन् ।
उनले साथमा विभिन्न प्लेकार्ड राखेका छन् । 'प्रकृतिको विनाश हैन, संरक्षण गरौं,’ 'आफ्नो हैन प्राणी जगतकाे चिन्ता गरौं', ‘पैसा छैन नीति देऊ', 'आत्मनिर्भर समाज बनाऔं,’ ‘जलवायु परिवर्तनको असर, खोलाखोल्सी अनियन्त्रित क्रसर’, ‘प्रकृतिको पूजा गरौं, प्राणीको अस्तित्व जोगाऔं,’ लगायतका नारा लेखिएका प्लेकार्ड राखिएका छन् ।
उनको अभियानमा नगरपालिकाका कर्मचारीहरूको समेत साथ रहेको छ ।