काठमाडौं । सीजी मोटर्सले नेपालमा ल्याएको इलेक्ट्रिक पिकअप रिडारा आरडी ६ अब केवल ९ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै खरिद गर्न सकिने भएको छ । विद्युतीय मोबिलिटीलाई अझ पहुँचयोग्य, भरपर्दो र सुविधा सम्पन्न बनाउने उद्देश्यसहित कम्पनीले यो विशेष योजना ल्याएको हो ।
अफर अन्तर्गत ग्राहकले आकर्षक क्यास ब्याक, निःशुल्क एसेसोरीहरू र ३ लाख रुपैयाँसम्मको एक्सचेन्ज टप–अप बोनस समेत प्राप्त गर्न सक्नेछन् । रिडारा आरडी ६ मा ६३ किलोवाट आवरको ब्याट्री प्याक र २०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले ३८५ एनएम टर्क दिने क्षमता राख्छ। फुल चार्जमा यो गाडीले ३७७ किलोमिटरसम्मको दूरी तय गर्न सक्छ । गाडी गिलीको एमएपी प्लेटफर्ममा आधारित छ, जसमा इन्डिपेन्डेन्ट सस्पेन्सन प्रयोग गरिएको छ। यसले नेपाली सडकमा आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्छ ।
कम्पनीका अनुसार यस पिकअपमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक र भेहिकल टु लोड सुविधा छ, जसले गाडीबाट अन्य उपकरण चार्ज गर्न सकिने बनाउँछ । साथै, गाडीमा कम्फर्ट, इकोनोमी र अफ रोड गरी तीनवटा ड्राइभ मोड, ३६० डिग्री क्यामेरा, म्याट्रिक्स एलईडी हेडलाइट र ६६ प्रतिशत हाई स्ट्रेन्थ स्टीलको मजबुत बडी प्रयोग गरिएको छ ।
चार्जिङ र सर्भिसको पहुँचलाई ध्यानमा राख्दै सीजी मोटर्सले देशभर २६० भन्दा बढी चार्जिङ स्टेसन र २० भन्दा बढी सर्भिस सेन्टरहरू सञ्चालनमा ल्याइसकेको छ । यो अफरले ग्राहकलाई विद्युतीय सवारी अपनाउन थप प्रेरित गर्नेछ र देशको ईभी क्रान्तिमा नयाँ उचाइ थप्ने कम्पनीको विश्वास छ ।