काठमाडौं । पछिल्लो समय स्नातक तहसम्मको अध्ययन सामान्य भइसकेको छ । कुनैपनि विषयमा विशेषज्ञता हासिल नगरि ठूला अवसर र सफलता प्राप्त गर्न सकिन्न । प्राविधिक विषय खासगरी इन्जिनियरिङ क्षेत्रमा पनि विशेषज्ञता हासिल गरेपछि नै ठूला अवसर र सफलता प्राप्त हुने गर्दछ ।
इन्जिनियरिङ शिक्षामा स्नातक अर्थात् मास्टर्स अध्ययन गर्नेहरूका लागि नेपाल इन्जिनियरिङ कलेज उत्कृष्ट गन्तव्य रहेको छ । ललितपुरको प्रयागपोखरीमा रहेको नेक सेन्टर फर पोस्टग्राजुएट स्टडिज (नेक-सिपिएस) मा एमएस्सी कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टका विषयमा अध्यापन हुने गर्दछ ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले नेपालको माटो, भूगोल तथा अन्तराष्ट्रिय बजारको माग अनुसार विषयहरूमा अध्यापन गराउँदै आएको नेक-सिपिएस कार्यक्रमका कार्यवाहक निर्देशक सह(प्राध्यापक रोवर्ट डंगोलको दावी छ । ‘हामीले मास्टर्स तहमा सञ्चालन गरेका कार्यक्रमहरूले मुलुकको आवश्यक्तासँगै अन्तराष्ट्रिय बजारको मागलाइ समेत संवोधन गर्न सकेको छ । कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्ट जस्ता विषय समय अनुसारका विशेषज्ञता हासिल गर्ने विषय हुन्,’ नेक-सिपिएस कार्यवाहक निर्देशक डंगोल भन्छन् ।
स्नातक तहको अध्ययनले एउटा फाउन्डेशन बनाएपनि कुनै एउटा विषयमा विशेषज्ञता हासिल गर्नका लागि स्नातकोत्तर तह अध्ययन गर्नै पर्ने उनको भनाइ छ । ‘ब्याचलर्स प्रोगामले एउटा फाउन्डेशन त बनाइदिन्छ तर, कुनै एउटा विशेषज्ञता हासिल गर्न मास्टर्स गर्नैपर्छ । बेसिक नलेजलाई डिप (गहिरो) नलेजमा रूपान्तरण गर्न मास्टर्स डिग्री गर्नैपर्छ,’ डंगोल भन्छन् ।
स्नातकोत्तर तह पुरा गरेपछि उच्च तहको पद र उच्च तलब भएका रोजगारीहरूमा सहज पहुँच पुग्दछ । पछिल्लो समय धेरै कम्पनी वा संस्थाहरूले स्नातकोत्तर योग्यतालाई प्राथमिकता दिन्छन्, विशेष गरी शैक्षिक, अनुसन्धान र प्रशासनिक क्षेत्रहरूमा । इन्जिनियरिङ क्षेत्रमा पनि स्नातकोत्तर गर्दा प्राप्त हुने अवसर धेरै रहेको कार्यवाहक निर्देशक डंगोल बताउँछन् ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेकमा सन् १९९९ देखि पोस्ट ग्राजुएट तहमा ४ वटा विषयमा अध्ययन अध्यापन हुने गरेको छ । एमएस्सी कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टका विषयहरू अध्ययन गर्न सकिन्छ । साँझको समयमा पढाई हुने भएकाले सिपिएस कार्यक्रममा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कार्यरत कर्मचारी, फिल्यान्सरहरुको ठूलो आकर्षण छ । काम गर्दै स्नातकोत्तर गर्न चाहनेहरुका लागि नेकले सञ्चालन गरेको सिपिएस कार्यक्रम प्रभावकारी छ ।
सामाजिक शैक्षिक संस्थाका रुपमा कलेज स्थापना भएपनि हाल यो कलेज नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले गठन गरेको नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समिति अन्तरगत सञ्चालनमा रहेको छ ।
प्रयोगात्मक शिक्षण विधि, पूर्णकालिन अनुभवी प्राध्यापक, सोध, अनुसन्धानका लागि समयानुकुल व्यवस्थापन, सर्वसुलभ शुल्क कलेजको विशेषता हुन् । ‘हामीसँग स्नातक र स्नातकोत्तर दुवैमा पूर्णकालिन प्राध्यापकहरू हुनुहुन्छ, सोध र अनुसन्धानलाई प्राथमिकता दिएका छौं । खानेपानी, हाइड्रोपावर, यातायात व्यवस्थापन लगायत पाठ्यक्रम अनुसार प्रयोगात्मक अध्ययन विधिहरू अपनाउँछौं भने, हामी विद्यार्थीहरूलाई फेलोसिप समेत दिन्छौं,’ कार्यक्रम निर्देशक डंगोल भन्छन् ।
उद्योग र शिक्षालाई जोड्दै बजारको अवस्था, माग र अवसर हेरेर विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिने गरिएको छ । ‘हामी विद्यार्थीहरूलाई कुनै पनि विषयमा व्यवहारिक ज्ञान दिनेमा केन्द्रीत छौं । हामीले धेरै संघ संस्थाहरूसँग एमओयू गरेका छौं, भिजिटिङ फ्याकल्टी, एक्सपर्टहरू बोलाउने, बोलाउने, डाइरेक्ट इन्डष्ट्रीमा लैजाने गर्दछौं । विद्यार्थीहरूलाई वास्तविक समस्याहरू देखाउन फिल्डमै लैजान्छौं ।’ रिसर्च वेसको अध्ययनले विद्यार्थीहरूको सिकाई बलियो हुने सह-प्राध्यापक डंगोलको भनाइ छ ।
त्यसो त नेक सिपिएसबाट हालसम्म एक हजार बढी दक्ष विशेषज्ञ जनशक्ति उत्पादन गरिसकेको कलेजको दावी छ । प्रतिष्पर्धी बजारमा स्नातकोत्तर (मास्टर्स) नहुँदा भनेजस्तो अवसरहरू प्राप्त गर्न नसकिने भएकोले स्नातकोत्तर तहको शिक्षा अपरिहार्य रहेको सह-प्राध्यापक डंगोलको भनाई छ ।