म एमालेमै छु, कसैकाे इच्छाले मेरो सदस्यता खारेज हुँदैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि नेकपा एमालेमै रहेको बताएकी छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले आफूले सदस्यता नवीकरण गरिसकेको र अहिले पनि एमालेमै रहेको बताएकी हुन् ।

उनले अब आफू राजनीतिमा सक्रिय हुने संकल्प गरेको बताइन् । आफूले विधिपूर्वक नेकपा एमालेको सदस्यता नवीकरण गरेको बताएकी हुन् । 

‘पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेँ, अहिले पनि एमालेमै छु, कसैको इच्छाअनुसार पार्टी चल्दैन, विधानले चल्छ,’ उनले भनिन् ।

उनले आफूलाई कुनै पदको महत्वाकांक्षा र आशक्ति नभएको पनि बताएकी छन् । ‘कुनै पदप्रति लालसा, महत्त्वकांक्षा र आशक्ति छैन, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,’ भण्डारीले भनिन् ।

जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले विधिको शासन संविधानको सर्वोच्चततालाई स्विकारेकोले जवज मान्ने दलले व्यक्तिको संवैधानिक अधिकार खोस्न नहुने विद्याको तर्क रहेको छ।  

Share News