बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको 'दक्षिण एसियाको सर्वश्रेष्ठ वितरक' उपाधि

काठमाडौं । बतास एमएडब्ल्यू कमर्सियल भेहिकल (बीएमसीभी) भोल्भो आइसर कमर्सियल भेहिकल (भीईसीभी) द्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन २०२५ मा प्रतिष्ठित सर्वश्रेष्ठ वितरक दक्षिण एसिया पुरस्कारबाट सम्मानित भएको छ।

१६ जुलाई २०२५ देखि २० जुलाई २०२५ सम्म मलेसियामा आयोजित सम्मेलनमा यो पुरस्कार भीईसीभीका एमडी तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनोद अग्रवालले प्रदान गरेका थिए । हेमन्त पुराणिक र शान्ता राजबतासले उक्त पुरस्कार ग्रहण गरे ।

दक्षिण एसिया भीईसीभीको अन्तर्राष्ट्रिय व्यापारको लागि सबैभन्दा महत्त्वपूर्ण क्षेत्रहरू मध्ये एक हो र यसक्षेत्रमा उत्कृष्ट वितरकको रूपमा सम्मानित हुनु बीएमसीभीको लागि  एउटा ऐतिहासिक उपलब्धि हो । 

बिक्री तथा बिक्रीपछिको सेवावृद्धि, बजार साझेदारी आदि जस्ता विभिन्न पक्षहरूको गहन मूल्याङ्कनको आधारमा भीईसीभीका १० प्रतिष्ठित विज्ञहरूको निर्णायक मण्डलले पुरस्कारलाई अन्तिम रूप दिएको हो ।

null

Share News