काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन ९नाइमा० अटो शो- २०२५ मा याडियाको भेलक्स सिरिज सार्वजनिक हुने भएको छ ।
नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले भेलक्स सिरिज सार्वजनिक गर्न लागेको हो ।
भेलक्स फास्ट चार्जिङ, भेलक्स यू अल्ट्रा परफर्मेन्स र भेलक्स एच हाइ परफर्मेन्स पहिलो पटक सार्वजनिक गर्न लागेको हो ।
भेलक्स फास्ट चार्जिङ मोडलले ११० किमी सम्मको रेञ्ज दिने जनाइएको छ । यसमा २० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्ने क्षमता रहेको छ । यसमा ३ हजार २०० वाट मोटर, ६२ किमीरघण्टा गति र १७२ एनएम टर्क रहेको छ ।
भेलक्स यू प्रदर्शनका पारखीहरूका लागि तयार पारिएको याडियाको प्रमुख मोडेल हो । यो डुअल ७४ भी २० एएच ब्याट्री सिस्टमद्वारा सञ्चालित छ र १४० किमीसम्म रेञ्ज प्रदान गर्छ । यसमा ४ हजार ९०० वाट शक्तिशाली मोटर, ८० किमीरघण्टा गति र १७६ एनएम टर्क रहेको छ ।
दैनिक प्रयोगकर्ताहरूका लागि सहज, भरपर्दो र सुलभ मूल्यमा उपलब्ध भेलक्स एच याडियाको मूल्यमैत्री तर शक्तिशाली मोडेल हो । यसमा ७२ भी ३० एएच ब्याट्री छ, जसले १०० किमी सम्म रेञ्ज दिन्छ । यसमा ३ हजार २०० वाट मोटर, ६२ किमीरघण्टा टप स्पीड र १७२ एनएम टर्क रहेको छ ।
याडिया भेलक्स सिरिजले नेपालको इलेक्ट्रिक मोबिलिटी यात्रालाई नयाँ उचाइमा पु¥याउनेछ विश्वास कुजु नेपालले जनाएको छ ।