काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि ‘खुशीको बोनस – ३६५ दिन नै बोनस !’ शीर्षकको विशेष योजना सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत नयाँ वार्षिक इन्टरनेट जडान वा रिचार्ज गर्ने ग्राहकहरू प्रत्येक हप्ता हुने लक्की ड्र मा सहभागी हुनेछन् ।
कम्पनीका अनुसार प्रत्येक हप्ता १४ जना विजेता छनोट हुनेछन् । जसमध्ये १० जना नयाँ ग्राहक र ४ जना हालका रिचार्ज गर्ने ग्राहक हुनेछन् । विजेताहरूले ३६५ दिनको इन्टरनेट सेवा सित्तैमा पाउनेछन् ।
डिशहोमले यो अफर आफ्ना ग्राहकहरूसँगको सम्बन्ध अझ प्रगाढ बनाउने र उनीहरूको निरन्तर साथप्रति आभार प्रकट गर्ने उद्देश्यले ल्याएको हो ।
लक्की ड्रको नतिजा डिशहोमको आधिकारिक फेसबुक पेज तथा रमाइलो एचडी च्यानलमार्फत हरेक शुक्रबार साँझ ५ बजे सार्वजनिक गरिनेछ । विशेष परिस्थितिमा, नतिजा आईतवार साँझ ५ बजे गरिनेछ ।
ग्राहकहरूले नजिकको डिशहोम डिलरमार्फत वा खल्ती, ईसेवा, माइडिशहोम एप प्रयोग गरेर सेवा जडान वा रिचार्ज गर्न सक्नेछन् ।
डिशहोमले प्रदान गर्ने वार्षिक प्याकेजहरूमा १०० एमपीबीएस देखि ३०० एमपीबीएससम्मको गति उपलब्ध छ । यस योजनाले ग्राहकहरूलाई उच्च मूल्यमा उत्कृष्ट अनुभव दिन सहयोग पुर्याउने कम्पनीको विश्वास छ ।