काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको न्यूरोड शाखा काठमाडौं महानगरपालिका–२२, खिचापोखरी, न्यूरोडस्थित हालको स्थानबाट करिब ५० मिटर उत्तरतर्फ स्थानान्तरण भई आइतबारदेखि नयाँ स्थानबाट सेवा प्रवाह सुरु गरिएको छ ।
नयाँ शाखा कार्यालयको उद्घाटन फाइनान्सका सञ्चालक समिति अध्यक्ष सुमन प्रसाद अधिकारीले गरेका हुन् । शाखा स्थानान्तरणको उद्देश्य ग्राहक सेवा अझ सहज र प्रभावकारी बनाउने रहेको शाखा प्रमुख सन्जीब श्रेष्ठले जानकारी दिए ।
मञ्जुश्री फाइनान्सले हालसम्म करिब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १८.८ अर्ब रुपैयाँ कर्जा परिचालन गरिसकेको छ। फाइनान्सले निक्षेपमा प्रतिस्पर्धी ब्याजदर र सुलभ कर्जा सुविधा प्रदान गर्दै आइरहेको छ।
हाल २७ वटा शाखा र १ वटा विस्तारित काउन्टरमार्फत सेवा दिइरहेको यस संस्थाले १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ। देशकै अग्रणी फाइनान्स कम्पनीहरूमध्ये एकको रूपमा परिचित मञ्जुश्री फाइनान्स उत्कृष्ट बैंकिङ सेवा विस्तारमा प्रतिबद्ध रहेको जनाएको छ।