जिल्ला अदालत ललितपुरबाट सहकारीको मोटरसाइकल हरायो

काठमाडौं । कस्मिक बचत तथा ऋण सहकारी संस्थाको मोटरसाइकल हराएको छ । कस्मिक सहकारी संस्थाको २२० सीसीको पल्सर मोटरसाइकल हराएको जनाएको छ । 

कस्मिक सहकारी संस्थाको नाममा दर्ता रहेको ऋणी मनोहर कार्कीको बा.प्र. ०२, ०५८ प. ८१९२ नम्बरको पल्सर २२० सीसीको मोटरसाइकल हराएकाले कसैले भेटाएमा बैंक वा प्रहरीमा सम्पर्क गराउन सहकारी संस्थाले आग्रह गरेको छ । 

मोटरसाइकलको इन्जिन नम्बर डीकेएक्ससीएसबी २१४७८ र च्यासिस नम्बर एमडीएमडी २ए१३ईएक्स३ एससीबी८२९८० कालो/रातो रंगको मोटरसाइकल रहेको सहकारीले जनाएको छ ।

सहकारी संस्थाको मोटरसाइकल असार २९ गते ललितपुरस्थित जिल्ला अदालत अगाडि पार्किङ गरी राखिएको अवस्थामा बेलुका ५ बजेदेखि ७.१५ बजेको समयमा मोटरसाइकल हराएको हुँदा फेला परेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सहकारी संस्थाले आग्रह गरेको छ । 

Share News