जब सफ्टवेरिका कलेजमा जहाजदेखि रोबर्टसम्म देखिए

काठमाडौं । दुइटा भाँडामा माटो राखिएको छ । अर्को एउटा डिब्बामा राखिएको  छ चामल । छेउमै छ, एउटा सानो मेसिन । त्यसलाई चलाइरहेका छन् काठमाडौंको रवी भवनका सौगातले । उनले देखाइरहँदा विद्यार्थीहरू वरिपरि झुम्मिएर हेरिरहेका थिए । कसैले जिज्ञासा राखिरहेका छन भने कसैले अनौठो रुपमा हेरिरहेका छन् । मेसिनले भाँडामा राखिएको चामल मेसिनले टुप्पामा जोडिएको भाडोमा डोब्दै माटोमा छर्किरहेको थियो । 

हामीले सौगातलाई सोध्यौं यो के हो ? उनले भने बिउ छर्ने रोबर्ट हो । उनका साथीहरूको आइडियामा सौगातले बनाएको रोबर्ट हेर्दा सानो भएपनि यसले गर्ने काम ठूलो थियो । किसानहरूले धान गहुँ छर्दा, टिप्दा हिँडेर वल्लो छेउदेखि पल्लो छेउसम्म पुग्नुपर्ने बाध्यतालाई हटाउने परिकल्पनाका साथ यो प्रोजेक्ट तयार पारेका थिए उनले । 

‘यो भन्दा पहिले हामीले यो मेसिनबाट टमाटर टिपेका पनि थियौं, सानो तरकारी, फलफल टिप्नदेखि लिएर धान गहुँ, मकै, जहुँ लगायतको बिउ छर्न यसले रोबोर्टिक हुने हो भने किसानहरू धेरै सहज हुने थियो,’ उनले भने । 

उनले बनाएको रोबोर्टिक मेसिनमा चाहिने सामग्री सबै कलेजले उपलब्ध गराएको थियो भने साथीहरूको आइडिया पनि सौगातले लिएका थिए । अहिले प्रदर्शनीमा देखाएको मेसिन जस्तै ठूलो मेसिन बनाउन सके ठूलो राहत हुने बताउँदै पढाइसकेर यस्तै रोबोर्टिक मेसिन बनाउने सोचमा उनी छन् ।

null

अर्को कोठामा पनि विद्यार्थीहरूको भीड उस्तै छ । त्यहाँ विद्यार्थीहरू बनाएको हवाइजहाज छ, कोही हवाइजहाज हेर्दैछन् भने कतिपय विद्यार्थी बनाउँदै गरेका, कोही सोध्दै गरेको दृश्य त्यहाँ पनि देखियो । जसका पाटपुर्जा र बनाउने तरिकाबारे विद्यार्थी सुजल न्यौपाने विद्यार्थीहरूलाई जानकारी गराउँदै थिए । 

जहाजमा के–के सामग्री कसरी प्रयोग गरिरहेको छ यसले हावाको सामना कसरी गर्छ यसलाई कसरी उडाउन सकिन्छ भन्ने बारेमा सुजल विद्यार्थीहरूको जिज्ञासा मेटाइरहेका थिए ।

null

‘यो पनि कलेजकै विद्यार्थीको आइडियामा बनाएको हो । सफ्टेवरिका कलेजमा स्नातक चौथो समेष्टरमा अध्ययनरत उनी भन्छन्, ‘यो हामीले वर्कसप भनेर बनाएका हौं, आईओटी विषमा हामीले पढ्नुपर्छ, कलेजकै पाठ्यक्रममा भएको कुरा प्रदर्शनीमा राख्न आवश्यक सबै सामग्री कलेजले नै उपलब्ध गराइदिन्छ ।’  

बुधबार सफ्टवेरिका कलेज पुग्दा त्यहाँ विद्यार्थीहरूले बनाएका थरिथरिको एआई सम्बन्धी परियोजनाहरु प्रर्दशनमा राखिएका थिए । कसैले गाडी बनाएर कुदाइरहेका थिए भने केही विद्यार्थीले अहिलेको सामाजिक सञ्जालमा भइरहेको ह्याकिङ कसरी हुन्छ भन्नेबारे सिकाइरहेका थिए । केहीले ह्याकिङ गर्ने व्यक्तिलाई कसरी पत्ता लगाउने भन्नेबारे सिकाइरहेका थिए । फरक दृश्य, रमाइलोसँगै विद्यार्थी अत्यन्तै आवश्यक र चाख लाग्दा आइडियाहरू सेयर गर्दै परियोजना प्रदर्शनीमा राखेका थिए । 

कलेजको पहिलो तलामा थियो ठूलो रोबर्ट । जसले व्यक्तिहरूसँग कुरा गरिरहेको थियो । विद्यार्थीले जस्तो प्रश्न सोध्यो त्यही अनुसारको उत्तर दिने र यताउती घुम्ने काम रोबर्टले गरिरहेको थियो । विद्यार्थीहरू त्यही रोबर्टसँग कुरा गर्न बढी रमाइरहेका थिए । यो रोबर्ट बनाएका थिए त्यही कलेजमा स्नातकोत्तर अध्ययन गरिरहेका विश्वास अधिकारी र उनका दुई जना अन्य साथीहरूले । 

null

रोबर्टको बारेमा जानकारी दिँदै उनी भन्छन्, ‘यो रोबर्ट ग्राहकलाई सहयोग गर्ने काम गर्छ । कलेजमा आएको विद्यार्थीले अथवा कुनै व्यक्तिले कलेजको बारेमा जान्नुपर्यो भने रोर्वटलाई सोध्दा उसले भनिदिन्छ ।’ 

रोबर्ट कता जाने, कता के गर्ने भन्नेबारे बताइदिन्छ । यताउता जान सहयोग गर्ने हिड्ने सम्म बनाउन काम गरिरहेको अधिकारीले बताए । अहिले पनि यताउता जान भनेपछि हिँड्छ ।  यो रोबर्ट बनाउँदा तीन जनाले तीन भागमा काम गरे । विश्वासले यसको भिजन हेर्थे भने अर्को साथिले फिजिकल पार्ट हेर्थे । त्यस्तै अर्को साथीले अर्को विधामा काम गर्दा सहज भएको उनी बताउँछन् । 

उनी रोबर्ट बनाउन खोज्दा नेपालमा सामग्री नपाइएको पनि गुनासो गर्छन् । ‘यसमा लाग्ने सेन्सरहरु लाइडार, थ्रिडी क्यामेरा नेपालमा नपाएकोले काम गर्दा बाहिरबाट आयात गर्नुपर्यो  । रोर्वटको डिजानइन गरेर नेपालमै प्रिन्ट गर्छौ भन्दा राम्रो नहुँदा बाहिरबाटै मगाउनु पर्यो,’ उनले भने ।

यो रोवर्ट अहिले अंग्रेजी भाषामा मात्र कुराकानी गर्न सक्छ ।  अब विस्तारै नेपाली भाषा बुझन् सक्ने बनाउनमा तीनै जना लागिरहेका छन् । विद्यार्थी भर्ना हुन आउँदा म भर्नाको लागि अएको हो कहाँ जाने भन्दा यो रोर्वटले कृपया मलाई फलो गर्नुहोस भन्दै सघाउने काम गर्छ ।

null 

आर्टिफिसियल इन्टेलीजेन्स (एआई) सम्बन्धी विद्यार्थीहरूले बनाएका सबै सामग्रीहरू निकै आकर्षक रहेको कलेजका प्रमुख प्रमोद पौडेल बताउँछन् । उनी कलेजले पढाउनेमात्र नभई पढाएका कुरालाई कसरी प्रयोगमा ल्याउने भन्नेबारे सिकाउन कलेजले यस्ता कार्यक्रम हरेक वर्ष गर्दै आइरहेको बताए ।

‘हाम्रो शिक्षामा जहिले पनि कमजोरी रहने भनेको सिद्धान्तमा बढी ध्यान दिने र व्यवहारिकमा कमी हुँदा ग्राजुएट भएका विद्यार्थीहरूले राम्रो रोजगारी पाउन नसकेको र उद्यमशिलता पनि बन्न नसकेको अवस्था छ,’ उनी भन्छन्,‘ यस्तो अवस्थामा स्थापना भएको सफ्टवेरिका कलेजले विद्यार्थीलाई गरेर सिक्ने शिक्षा दिने उद्देश्यले सुरु गर्यो । विद्यार्थीहरू नवीनतम् प्रोजेक्टहरू प्रदर्शनी गरिरहेका छन् ।’

null

टेक एक्स एलिभेट 

सफ्टवेरिका कलेजले टेक एक्स एलिभेट कार्यक्रम सुरु गरेको छ । मंगलबारदेखि सुरु भएको यो कार्यक्रम आइतबारसम्म जारी रहनेछ । जहाँ विद्यार्थीले आफ्नो प्रोजेक्ट प्रदशनी गर्नेदेखि आईडी सेयर गरिरहेका छन् । हरेक वर्ष विद्यार्थीका इनोभेटिभ (नविन) प्रोजेक्ट प्रदर्शन गर्नेदेखि लिएर कलेजका भौतिक पूर्वाधारहरू देखाउने, कस्तो रिसर्चमा काम गरिरहेका छौं भनेर सोकेस गर्न कार्यक्रम गर्ने गरिएको क्याम्पस प्रमुख पौडेलले बताए । 

उनले विभिन्न क्षेत्रका विज्ञलाई बोलाएर उद्यमशिलता मास्टर कक्षाहरू पनि दिइरहेको जानकारी दिए । विद्यार्थीको तेस्रो वर्षमा गएर एउटा बृृहत प्रोजेक्ट बनाउनुपर्ने हुन्छ । जुन पढाइएको एउटा पार्ट हो । यसका लागि चाहिने सबै सामग्रीहरू कलेजले विद्यार्थीहरूलाई उपलब्ध गराउँछ ।

null

नेपालमा स्नातक र स्नातकोत्तर पास गरेर रोजगारी नपाउने अवस्था अहिले पनि उत्तिकै छ । जागिरको लागि अहिले पनि लोकसेवा आयोग भिड्नुपर्ने अवस्था छ । अन्य क्षेत्रमा त्यति आवश्यकता देखिँदैन । पर्यटन तथा उद्यमका क्षेत्रमा पनि अहिले अवस्था उस्तै छ । 

कलेजका प्रमुख पौडेल कतिपय क्षेत्रमा रोजगारदाताको अभाव भइरहेको बेला पनि सीप नहुँदा विद्यार्थीले काम पाउन नसकेको अवस्थामा यस्ता कार्यक्रमले विद्यार्थीलाई सजिलो हुने बताए । 

सफ्टवेरिकाले विद्यार्थी ग्राजुएसन भइसकेपछि उ रोजगार गर्न सक्नेमात्र नभई रोजगारी दिनसक्ने गरी सीपमा बढी जोड दिएको छ । अझ प्रविधिमा प्रयाक्टिकल अझै आवश्यक भएकाले कलेजले यस्ता कार्यक्रममा जोड दिएको पौडेलले बताए ।

nullnullnullnull


 
 

Share News