काठमाडौं । घुस काण्डमा मुछिएपछि भूमी, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले पत्रकार सम्मेलन गर्ने भएका छन् । पछिल्लो समय मन्त्री अघिकारीले घुस मागेको भन्दै अडियो सार्वजनिक भएपछि उनले पत्रकार सम्मेलनको आयोजना गर्न पत्रकारलाई बोलाएका छन् ।
उनले बिहीबार दिउँसो तीन बजेका लागि पत्रकार सम्मेलन राखेका छन् । उनले आर्थिक वर्ष २०८८१/८२ मा आफू र आफ्नो मातहतको कार्यालयले गरेका उपलब्धिहरु सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको बताएका छन् ।
घुस काण्डको अडियो बाहिरिएपछि उनले यसअघि संसदमा जनताका समस्या हल गर्ने कुरामा कुनै आरोप आए पनि आफू नडराउने बताएका थिए ।