काठमाडौं । ग्लोबल रिच नेपालले यही साउन ३० गतेबाट काठमाडौंसहित देशका प्रमुख ५ शहरमा वृहत ‘अष्ट्रेलियन एजुकेसन फेयर’ आयोजना गर्ने भएको छ ।
साउन ३० गते काठमाडौंमा, भदौ १ गते पोखरामा, भदौ २ गते चितवनमा, भदौ ३ गते बुटवलमा, भदौ ५ गते विर्तामोडमा र ६ गते कुमारीपाटीमा आयोजना हुनेछ । ग्लोबल रिच नेपालको काठमाडौंमा आयोजना हुने बेलामा अष्ट्रेलियाका ३० भन्दा धेरै विश्वविद्यालय तथा कलेजहरुका प्रतिनिधि सहभागी हुने कम्पनीले जनाएको छ ।
सो मेलामा अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुले छात्रवृत्ति, शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया, इन्टेक आदि बारेमा प्रत्यक्षरुपमा जानकारी लिनसक्नेछन् । यी विश्वविद्यालयहरूमा सत प्रतिशतसम्म छात्रवृत्ति र आठ वर्षसम्म अध्ययनपछि काम गर्नसक्ने सुविधा पनि रहेको छ ।

यो शैक्षिक मेला बिहान ११ बजे देखि अपरान्ह ४ बजेसम्म चल्नेछ ।