बेलायतको विश्वविद्यालयबाट डाक्टर बनीन् अभिनेत्री मनिषा कोइराला

काठमाडौं । लोकप्रिय अभिनेत्री मनिषा कोइरालाले मानार्थ डाक्टरको उपाधि हासिल गरेकी छन् । उनलाई बेलायतको युनिभर्सिटी अफ ब्राडफोर्डले उक्त उपाधि प्रदान गरेको हो ।

नेपाली राजनीतिमा चर्चित कोइराला परिवारबाट सिने क्षेत्रमा प्रवेश गरेकी मनिषा पछिल्लो समय विभिन्न कारणले चर्चामा रहेकी छन् । मनिषा भारतीय सिने क्षेत्रकी लिजेन्ड अभिनेत्री हुन् । त्यसैले होला, धेरै भारतीय सञ्चारमाध्यमहरूले मनिषाको उक्त उपलब्धिलाई महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका छन् ।

मनिषालाई दीक्षित गरिएको तस्वीरलाई इन्डिया टुडे ले विशेष रूपमा छापेको छ । यस्तै, टाइम्स नाउ ले मनिषाको एउटा पुरानो तस्वीर र दीक्षित भएर गाउन लगाएको अर्को तस्वीर प्रकाशित गर्दै 'बधाई लिजेन्ड्री नायिका' लेखेको छ ।

बोल्लीवुड हंगामा, दैनिक जागरण लगायत धेरै भारतीय सञ्चारमाध्यममा आज मनिषा छाएकी छन् ।

Share News