३४ अंकले बढ्यो नेप्से, ९ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४ अंकले बढेर २७ सय ६० बिन्दुमा पुगेको छ । मौद्रिक नीति पछि सेयर बजारमा लगानी गर्न लगानीकर्ताहरू उत्साहीत देखिएका छन् ।

आज २०९ कम्पनीको सेयर मूल्य बढ्दा ३९ कम्पनीको सेयर मूल्य घटेको छ । 

मंगलबार ३१७ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार बुटवल पावर कम्पनीको भएको छ । बुटवलको ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै, निफ्रा ग्रीन इनर्जीको ५० करोड, राधी जलविद्युत कम्पनीको ४३ करोड, एनआइसी एशिया बैंकको ३० करोड र एनआरएन इन्फ्रइस्ट्रक्चरको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

Share News