काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले असार २७ गते १८ वर्ष पूरा गरी १९औँ वर्षमा प्रवेश गरेको अवसरमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ।
'रक्तदान जीवनदान - हामी सबैको योगदान' भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रम कम्पनीको कमलादीस्थित केन्द्रिय कार्यालय प्रांगणमा सम्पन्न भयो । कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो।
त्यसै अवसरमा कम्पनीले वार्षिकोत्सवका अवसरमा वर्षका उत्कृष्ट कर्मचारीहरूलाई सम्मान र पुरस्कार समेत प्रदान गर्यो । कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर तथा चर्चित हास्यकलाकार जितु नेपालको पनि विशेष उपस्थिती रहेको थियो ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले विगत १८ वर्षदेखि विश्वभरबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ । हालै कम्पनीले आफ्नै डिजिटल भुक्तानी प्लेटफर्म ‘सिटी पे’ वालेटमार्फत अनलाइन भुक्तानी सेवा सुरु गरेको छ । सोही वालेटबाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिने व्यवस्था गरिएको छ ।