काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको असार २० गते बसेको बैठकले ठाकुरलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम नियुक्त भएका ठाकुरसँग बैंकिङ, बीमा तथा वित्तीय क्षेत्रमा लामो अनुभव रहेको छ । उनले नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बीमा कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान) मा प्रमुख कार्यकारी अधिकृत, साथै मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड र नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेड जस्ता संस्थामा बोर्ड सदस्यको रूपमा जिम्मेवारी सम्हालिसकेका छन् ।
ठाकुरले आइतबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रमबीच पदबहाली गरेका छन् । सो अवसरमा बैंक सञ्चालक समिति सदस्यहरूले उनलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बैंकको संस्थागत सुशासन अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।